सोमबार, चैत २, २०८२

मन्देकाजी बने पुरुषतर्फ वर्ष उत्कृष्ट खेलाडी

करातेका मन्देकाजी श्रेष्ठले वर्ष पुरुष उत्कृष्ट खेलाडीतर्फको बजाज पल्सर स्पोट्र्स अवार्ड जितेका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं –  करातेका मन्देकाजी श्रेष्ठले वर्ष पुरुष उत्कृष्ट खेलाडीतर्फको बजाज पल्सर स्पोट्र्स अवार्ड जितेका छन्।

National life

श्रेष्ठले सागमा दोहोरो स्वर्ण जितेर वर्षभरि चर्चामा रहे। नेपाल पुलिसबाट राष्ट्रिय प्रतियोगिता खेल्ने श्रेष्ठले आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए।

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातामा स्वर्ण जितेका श्रेष्ठले एकल कातामा भने कांस्य जितेका थिए।

सातदोबोटोस्थित कराते हलमा आयोजित अवार्ड कार्यक्रममा श्रेष्ठले विकेश कुथु,  गोपीचन्द्र पार्की, कमल श्रेष्ठ र सुवास तामाङलाई पछि पादै अवार्ड जितेका हुन्।

एनएसजेएफका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठित खेलाडी छनोट समितिले पाँच उत्कृष्ट खेलाडी छनोट गरेको थियो। तीमध्येबाट श्रेष्ठ विजेता बनेका हुन्।

Laxmi sunrise bank
kumari

अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ विजेता बनेका थिए।

मनोनयनमा परेका अन्य चार खेलाडी:

विकेश कुथु (फुटबल)

राष्ट्रिय फुटबल टिमका प्रभावशाली खेलाडी हुन्, विकेश कुथु। उनले १३औं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ नेपाललाई स्वर्ण दिलाउन महत्त्वपूर्ण योगदान दिएका छन्।

त्यस्तै उनको योगदानमा आठौं राष्ट्रिय खेलकुदमा पनि आर्मी क्लबले स्वर्ण जितेको थियो। ए डिभिजन लिग फुटबलमा आर्मीलाई उपविजेता बनाउन कुथुले सहयोगी भूमिका निर्वाह गरेका थिए।

गोपीचन्द्र पार्की (एथ्लेटिक्स)

आठौं राष्ट्रिय खेलकुदको पाँच हजार मिटर दौडमा स्वर्ण जितेका पार्कीले १३औं सागको सोही विधामा स्वर्ण पदक जितेका थिए। त्यस्तै सागको १० किलोमिटरतर्फ उनले कास्य जितेका थिए।

यसबाहेक गणेशमान सिंह रोड रेस र चितवन नेसनल १५ किलोमिटरमा पनि पार्कीले प्रथम स्थान हासिल गरेका थिए।

कमल श्रेष्ठ (तेक्वान्दो)

तेक्वान्दोका कमल श्रेष्ठले पनि सागमा स्वर्ण जितेका थिए। उनले पुम्से एकलतर्फ ३० वर्षभन्दा कम उमेर समूहमा स्वर्ण जितेका हुन्।

आठौं राष्ट्रिय खेलकुदमा तीन स्वर्ण जितेका उनले नवौं कोरियन एम्बेसडर राष्ट्रिय तेक्वान्दोमा पनि दुई स्वर्ण जितेका थिए।

यस वर्ष लकडाउनको समयमा भएका धेरै अनलाइन प्रतियोगितामा पनि उनले नेपाललाई स्वर्ण दिलाएका छन्। फ्रान्समा सम्पन्न विश्व पुम्से च्याम्पियनसिपमा कमलले स्वर्ण स्थान प्राप्त गरेका थिए।

सुवास तामाङ (गल्फ)

वर्ष उत्कृष्ट पुरुषको मनोनयनमा परेका अर्का खेलाडी हुन् सुवास तामाङ। उनी गल्फका खलाडी हुन्। उनले सागमा व्यक्तिगत र समूह गरी दोहोरो स्वर्ण जितेका थिए।

उनले गल्फमा नेपाललाई पहिलोपटक स्वर्ण दिलाएका थिए, जसलाई ऐतिहासिक स्वर्ण भनिएको छ। नेपाल आर्मीलाई आठौं राष्ट्रिय खेलकुदमा रजत दिलाउन सहयोग गरेका उनी फाल्डा सिरिज छनोट, सूर्य नेपाल प्रिमियर लिगको समग्रमा च्याम्पियन बनेका थिए।

यो सिजनमा एनएसजेएफले हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य गर्दै अवार्डको नाम एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड राखेको थियो।

स्मरण रहोस्, अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।

त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पारा एथलिट अवार्ड मनकेसी चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।

प्रकाशित: Jan 12, 2021| 13:30 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।