शनिबार, असार २७, २०८३

गौरिका बनिन् महिला वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंहले महिला वर्ष खेलाडीतर्फको बजाज पल्सर स्पोर्टस अवार्ड जितेकी छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं – पौडीकी गौरिका सिंहले महिला वर्ष खेलाडीतर्फको बजाज पल्सर स्पोर्टस अवार्ड जितेकी छन्।

राजधानीमा मंगलबार आयोजित अवार्ड वितरण कार्यक्रममा गौरिकाले सन्तोषी श्रेष्ठ, अनु अधिकारी, आयशा शाक्य, सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितेकी हुन्।

गत वर्ष साग सम्पन्न हुँदा सर्वाधिक चर्चा कमाएकी खेलाडी हुन् गौरिका सिंह। उनले पौडीतर्फ चार स्वर्ण, दुई रजत र तीन कांस्य जितेकी थिइन्।

उनले सागमा सर्वाधिक स्वर्ण जित्ने दीपक विष्टको कीर्तिमानसँग बराबरी गरेका छिन्। 

त्यस्तै आठौं राष्ट्रिय खेलकुदमा सहभागी बनेकी गौरिकाले सबै स्पर्धामा स्वर्ण जितेकी थिइन्।

एनएसजेएफका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठिन खेलाडी छनोट समितिले पाँच उत्कृष्ट खेलाडी छनोट गरेको थियो।

गत वर्ष महिला वर्ष खेलाडीमातर्फ सावित्रा भण्डारीले अवार्ड जितेकी थिइन्।

वर्ष उत्कृष्ट खेलाडीमा महिलातर्फ अन्य यी चार खेलाडी मनोनयनमा परेका थिए–

अनु अधिकारी (कराते)

अनु अधिकारीले गत वर्ष दुई स्वर्ण र एक रजत जितिन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेकी अनुले गत वर्षको राष्ट्रिय खेलकुदमा रजत जितेकी थिइन्।

त्यस्तै उनी बंगलादेशमा आयोजित पाँचौं साफ च्याम्पियनसिपमा स्वर्ण विजेता बनेकी थिइन् भने उज्वेकिस्तानमा भएको १६ औं सिनियर करातेको १६ औं स्थानमा रहेकी थिइन्।

आयशा शाक्य (तेक्वान्दो)
 

खेलकुद सेलिब्रेटी हुन् आयशा शाक्य। उनले १३ औं सागमा दुई स्वर्ण जितेकी थिइन्।

त्यस्तै आठौं बृहत् राष्ट्रिय खेलकुदमा पनि कांस्य पदक प्राप्त गरेपछि उनी महिलातर्फको मनोनयनमा परेकी हुन्।

सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स)

१३ औं सागको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी श्रेष्ठले अरू पनि थुप्रै उपाधि जितेकी छन्। उनले आठौं राष्ट्रिय खेलकुदमा पाँच हजार, १५ सय र १० हजार किलोमिटरमा क्रमशः स्वर्ण, रजत र कांस्य जितेकी थिइन्।

अन्य प्रतिस्पर्धामा वीर गणेशमान सिंह रोड रेस र नेवाः च्यारिटी धरानमा स्वर्ण जितेकी थिइन् भने कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन्।

सोनी गुरुङ (ट्रायाथलन) 

मनोनयनमा परेकी अर्की खेलाडी हुन् सोनी गुरुङ। उनले सागमा एक स्वर्ण र एक रजत जितेकी थिइन्। 

आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण विजेता बनिन्।

दोस्रो ग्रेट बुद्धिस्ट ट्रेलमा स्वर्ण जितेकी गुरुङले हाई अल्टिच्युट ट्राई एड्भेन्चरमा पनि स्वर्ण जितेकी थिइन्।

यो सिजनमा एनएसजेएफले हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य गर्दै अवार्डको नाम एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड राखेको थियो।

अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।

त्यस्तै स्पेसल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पाराएथलिट अवार्ड मनकेसी चोधरी र फाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।

प्रकाशित: Jan 12, 2021| 13:24 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।