आइतबार, असार २८, २०८३

तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक 

तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं – तेक्वान्दोका नवीन श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक बनेका छन्।

उनले मनोनयनमा परेका अमरकुमार थिङ, मदन उप्रेती, नवीन श्रेष्ठ, प्रकाश थामामगर र शंकर कार्कीलाई पछि पार्दै अवार्ड जितेका हुन्।

१३ औं सागमा नेपालले सर्वाधिक पदक जितेको खेल तेक्वान्दो हो, जसमा नेपालले २९ पदक जितेको थियो।

यसको मुख्य श्रेय तेक्वान्दोको प्रशिक्षक नवीन श्रेष्ठलाई जान्छ। 
सागमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कांस्य जितेको थियो। सागमा सहभागी सबै खेलाडीले पदक जितेका थिए।

गत वर्ष प्याराग्लाइडिङका योगेश भट्टराईले उत्कृष्ट प्रशिक्षकको उपाधि हात पारेका थिए।

एनएसजेएफका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा गठिन खेलाडी छनोट समितिले पाँच उत्कृष्ट खेलाडी छनोट गरेको थियो।

श्रेष्ठले प्राप्त उपलब्धिका लागि खेलाडी र संघका अन्य सातजना प्रशिकक्षकलाई धन्यवाद दिएका छन्। उनले एउटा पल्सर मोटरसाइकल पाएका छन्।
उत्कृष्ट प्रशिक्षकतर्फ मनोनयनमा परेका अन्य चार प्रशिक्षकहरु यस्ता छन् :

अमरकुमार थिङ (उसू)

१३ औं सागमा १६ पदक जित्न सफल उसुका प्रशिक्षक हुन् अमरकुमार थिङ। उनले नेपाललाई पाँच स्वर्ण, ६ रजत र पाँच कांस्य जिताएका थिए।

मदन उप्रेती (कराते)

करातेले १९ पदक जित्दा मुख्य प्रशिक्षक थिए मदन उप्रेती। १३ औं सागमा नेपालले १० स्वर्ण, चार रजत र पाँच कांस्य जितेको थियो।

प्रकाश थापामगर (बक्सिङ)

१३ औं सागमा नेपालले बक्सिङमा तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो। उक्त पदक जिताउन मुख्य भूमिका खेलेका प्रशिक्षक हुन् प्रकाश थापामगर।

उनले इन्डियन ओपन बक्सिङमा पनि पदक दिलाउन सहयोग गरेका थिए।

शंकर कार्की (पौडी)

सागमा समान चारचार स्वर्ण, रजत र कांस्य जिताउन सहयोग गरेका प्रशिक्षक हुन् शंकर कार्की। उनले आठौं राष्ट्रिय खेलकुदमा पनि पुलिस टिमलाई दोस्रो स्थानमा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यो सिजनमा एनएसजेएफले हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकलसँग सहकार्य गर्दै अवार्डको नाम एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड राखेको थियो।

अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।

त्यस्तै स्पेसल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पारा एथलिट अवार्ड मनकेसी चोधरी र फाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।

प्रकाशित: Jan 12, 2021| 11:40 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।