शुक्रबार, असोज २, २०८३

भारतसँगका सीमाना का सुचारु गर्न होटल संघको माग

कोभिड– १९ को महामारीसँगै बन्द रहेका नेपाल–भारत सीमा नाका अविलम्ब खोल्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

पोखरा– कोभिड– १९ को महामारीसँगै बन्द रहेका नेपाल–भारत सीमा नाका अविलम्ब खोल्न पश्चिमाञ्चल होटल संघ पोखराले माग गरेको छ। 

संघका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै सरकारसमक्ष त्यस्तो माग गरेका हुन्। यही विषय समेटेर संस्थाको पदाधिकारी मण्डलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटी ध्यानाकर्षणपत्र समेत प्रदान गरेको अध्यक्ष तुलाचनले जानकारी दिए।

ध्यानाकर्षण पत्रमा भनिएको छ– ‘विगतका तथ्यांक अनुसार नेपाल आगमन हुने पर्यटकहरु मध्ये सबै भन्दा बढी हिस्सा छिमेकी मुलुक भारतबाट स्थलमार्ग हुँदै आगमन हुने भारतीय पर्यटकहरुको रहेको  छ। छिमेकी मुलुकबाट पर्यटक भित्र्याई वर्तमान समयमा देखिएको पर्यटकको अभाव केही हदसम्म पूर्ति गर्न सकिने अवसर हुँदा हुँदै सरकारले स्वास्थ्यको नाममा अनेकन वहानावाजी बनाई सिमा नाकाहरु हालसम्म बन्द गरेको अवस्थाप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ।’

‘छिमेकी मुलुक तथा अन्य देशहरुबाट हवाईमार्ग हुँदै आउने पर्यटकहरुलाई अनुमति प्रदान गरिएको अवस्था, राजनैतिक तथा अन्य गतिविधिहरुको भेला, सभा, सम्मेलन निर्वाध रुपमा संचालन भईरहेको, सम्पूर्ण पर्यटकीय गतिविधि र गन्तव्य खुली सकेको स्थितिमा पर्यटन व्यवसायलाई राहत प्रदान गर्न र वर्तमान समयमा पर्यटकको अभावलाई पूर्ति गर्न आवश्यक स्वास्थ्य सुरक्षाका सावधानी, मापदण्ड र कार्यविधि अपनाई भारतसँग जोडिएका सिमा नाकाहरुलाई अविलम्ब पुनः संचालन गरी पर्यटकहरु भित्र्याउने वातावरण मिलाउन गण्डकी प्रदेश सरकार समक्ष जोडदार माग गर्दछौं।’ 

एक वर्षदेखि विश्व महामारीको रुपमा सुरु भएको कोभिड–१९ को संक्रमणको कारण पर्यटन आगमन सुस्ताएसँगै संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा गत चैत्र ११ गते बाट शुरु गरिएको लकडाउन गत असोज महिना पश्चात् अन्त्य भए पनि हालसम्म पर्यटन तथा होटल व्यवसाय करिव शून्य अवस्थामा रहेको संघका अध्यक्ष तुलाचनले जानकारी गराए। हाल नेपाल सरकारले होटल, रेष्टुरेण्ट, हिमाल आरोहण, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिहरु संचालनका लागि अनुमति प्रदान गरे पनि अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमन अत्यन्त न्यून रहेको समेत ध्यानाकर्षण पत्रमा स्मरण गराइएको छ। 
 

प्रकाशित: Jan 12, 2021| 10:17 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्