काठमाडौं– मंगलबार सेयर बजार परिसूचक (नेप्से) २८.३१ अंकले बढेको छ।
परिसूचक बढेर २२६७.७३ विन्दुमा पुगे पनि कारोबार रकम भने उल्लेख्य रुपमा बढेन। आज २०२ कम्पनीको १ करोड ३५ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार व्यापार समूहको सूचक १५.४ अंकले घटेको छ भने अरु सबै समूहको सूचक बढेको छ।
बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बिमा, उत्पादनलगायत समूहको सूचक उकालो लागेको छ। निर्जीवन बिमा समूहको सूचक २७३.२७ र बिमा समूहको सूचक ३७६ अंकले बढेको छ।