आइतबार, असार २८, २०८३

खेलकुदमन्त्री लामाले भने– खेलकुद क्षेत्रका समस्या बुझ्दैछु

नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले खेलकुद क्षेत्रमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– नवनियुक्त युवा तथा खेलकुदमन्त्री दावा लामाले खेलकुद क्षेत्रमा रहेका चुनौतीलाई सहकार्य गर्दै पन्छाउने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मंगलबार आयोजना गरेको स्वागत कार्यक्रममा उनले भने, ‘खेलकुदमा रहेका समस्या र चुनौतीलाई सरोकारवालाहरुसँग सहकार्य गर्दै पन्छाउँदै जानेछु। समस्याका बारेमा चाँडै नै छलफल गर्छु।’

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलकुद र खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गरे।

खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नुपर्नेमा जोड दिए।

राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुद मन्त्रालयले उपयुक्त मन्त्री पाएको बताउँदै व्यवस्थापन, पदक, प्रदर्शन र पूर्वाधारका हिसाबले १३ औं दक्षिण एसियाली खेलकुद उत्कृष्ट रहेको जानकारी गराए।

प्रकाशित: Jan 12, 2021| 09:32 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।