शुक्रबार, असोज २, २०८३

वाणिज्य बैंकहरुबाट  एक हप्तामा २४ अर्ब कर्जा प्रवाह

पछिल्लो समय वाणिज्य बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरिरहेका छन्। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं–  पछिल्लो समय वाणिज्य बैंकहरुले आक्रामक रुपमा लगानी विस्तार गरिरहेका छन्। 

कोभिड–१९ का कारण उत्पन्न असहज परिस्थितिमा उद्योगधन्दामा थप लगानी नहुँदा र कतिपय ऋणीहरुले ऋण चुक्ता बैंकसँग पर्याप्त तरलता रहेपछि वाणिज्य बैंकहरुले कर्जामा ब्याज दर कम गरेर ऋण प्रवाह गर्न थालेका हुन्। 

अहिले व्यापार व्यवसायहरु निर्वाध रुपमा खुल्न थालेको र व्यवसायीले लगानी बढाउन थालेका कारण पनि बैंकहरुको कर्जा प्रबाहमा बृद्धि भएको छ । 

बैंकर्स संघका अनुसार गत एक हप्तामा वाणिज्य बैंकहरुले मात्र २४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो निक्षेपको तुलनामा ४.८ गुणा बढी हो। 

यद्यपि, पुस मसान्त नजिकिदै गर्दा वाणिज्य बैंकहरुको कर्जामा आएको बद्धिले भने सवै रकम व्यापार व्यवसायमा मात्र गएको भन्न पनि मिल्दैन। किनकी उद्योग व्यवसायले पुस मसान्तभित्र वर्षभरको आयको विवरण र त्यसबापत तिर्नुपर्ने ४० प्रतिशत रकम आन्तरिक राजस्व कार्यालयमा बुझाउनुपर्छ । 

उनीहरुले कर प्रयोजनका लागि पनि ऋण लिने गरेका छन् । धेरै व्यवसायीले बैंकबाट पहिले नै ओभर ड्राफ्ट स्वीकृत गराएर राख्ने र पुस मसान्तमा उक्त अनुसारको कर्जा लिने भएकाले पनि बढी कर्जा प्रवाह भएको देखिएको हुनसक्छ।

संघका अनुसार एक हप्तामा बाणिज्य बैंकहरुको निक्षेप भने जम्मा ५ अर्ब रुपैयाँ मात्र बढेको छ। निक्षेपमा दिइने ब्याज निकै कम भएकोले पनि बाणिज्य बैंकहरुमा निक्षेप अपेक्षित रुपमा वृद्धि भएको छैन । 

सवैभन्दा बढी निक्षेपमा व्याज दिने सिभिल बैंकले पनि हो मंगलबार एक सूचना जारी गरी साधारण बचतमा तीन प्रतिशत भन्दा बढी नदिने जानकारी दिइसकेको छ । त्यस्तै अन्य बैंकहरुले बचतमा एकदेखि दुई प्रतिशत मात्र व्याज दिइरहेका छन् । 
 

प्रकाशित: Jan 12, 2021| 09:16 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्