सोमबार, चैत २, २०८२

खेलाडीलाई प्रोत्साहन भत्ता चाँडै उपलब्ध गराउँछौं : राखेप

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले खेलाडी र प्रशिक्षकलाई रोकिएको प्रोत्साहन भत्ता चाँडै उपलब्ध गराउने बताएका छन्।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले खेलाडी र प्रशिक्षकलाई रोकिएको प्रोत्साहन भत्ता चाँडै उपलब्ध गराउने बताएका छन्।

National life

खेलकुदमन्त्री दावा लामाको स्वागतमा मंगलबार परिषद्मा आयोजित कार्यक्रममा उनले खेलाडीको प्रोत्साहन भत्ता छिट्टै उपलब्ध गराउने बताएका हुन्। 

उनले भने, ‘खेलाडी, प्रशिक्षक, व्यवस्थापकको सम्मान, पुरस्कार तथा मासिक भत्ताको हिसाब मन्त्रालयमा पठाएका छौं।’

नेपाली खेलाडी र प्रशिक्षकको प्रोत्साहत भत्ता र पुरस्कार मन्त्रालयमा अड्किरहेको छ। 

सदस्यसचिव सिलवालले भने, ‘अर्थ मन्त्रालयले स्वीकृत गरिदिएमा खेलकुदका लागि अर्को टर्निङ पोइन्ट हुनेछ।’

Laxmi sunrise bank
kumari

उनले भर्खरै नवनियुक्त मन्त्री लामालाई स्वागत गर्दै आगामी वर्षदेखि खेलकुदको क्षेत्रमा बजेट वृद्धि गराउनमा ध्यानाकर्षण समेत गराए।

उनले भने, ‘खेलकुदको क्षेत्रलाई यो आर्थिक वर्षमा कोरोनाले कम सतायो तर बजेटले धेरै सतायो।’

नयाँ ऐनअनुसारको कर्मचारी बढुवा र समायोजनका धेरै काम बाँकी रहेकाे भन्दै त्यसलाई अगाडि बढाउन पनि सदस्यसचिव सिलवालले मन्त्री लामालाई अनुरोध गरेका थिए।
 

प्रकाशित: Jan 12, 2021| 09:14 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।