शुक्रबार, असोज २, २०८३

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो 

मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– मंगलबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ। 

सोमबार ९२ हजार २०० मा कारोबार भएको सुन आज, मंगलबार ९२ हजार ८०० तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ६०० रुपैयाँले बढेको छ। 

तेजाबी सुन सोमबार ९१ हजार ७०० मा कारोबार भएको थियो। आज ९२ हजार ३०० रुपैयाँ प्रतितोला कायम भएको छ। 
चाँदी २० रुपैयाँले बढेर एक हजार २५० पुगेको छ। 

यसअघि २२ देखि २७ पुससम्म सुनको मूल्य लगातार ओरालो लागेको थियो। पाँच दिनमा चार हजार ५०० रुपैयाँ घटेको थियो।  

प्रकाशित: Jan 12, 2021| 05:19 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्