शुक्रबार, असोज २, २०८३

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा मनीषा कोइराला

 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नायिका मनीषा कोइराला नियुक्त भएकी छिन् । यस सँगै अब कोइराला आईएमई लाइफ जीबन बीमाको ब्राण्ड दुतको भूमिकामा रहनेछिन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका  कोइरालाले हालै काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

हस्ताक्षर कार्यक्रममा संक्षिप्त मन्तब्य दिँदै नायिका कोइरालाले मानव जगतमा जीवन बीमाको निकै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनतालाई आर्थिक सुरक्षा प्रदान गरी देशैभरि छरिएर रहेको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारणा बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी रहेको बताइन्।
 

प्रकाशित: Jan 12, 2021| 02:56 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्