शुक्रबार, असोज २, २०८३

एभरेष्ट बैंकको लाभांश पारित 

 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको २६ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ।  

साधारणसभाले शेयरधनीहरुलाई आव २०७६/०७७ का लागि ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकले प्रस्तावित बोनस शेयर जारी भए पश्चात चुक्ता पुँजी वृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भएपश्चात संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ । 

कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै जुममार्फत शेयरधनीहरुका धारणासमेत सामवेश गरेको बैंकले जनाएको छ।
 
 

प्रकाशित: Jan 12, 2021| 02:55 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्