शनिबार, असार २७, २०८३

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन १ मा

भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड-१९ महामारीकै बीच सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने भएको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

पोखरा- भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड-१९ महामारीकै बीच सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने भएको छ। 

मञ्च अध्यक्ष तेज गुरुङले १५औं संस्करणको म्याराथन आगामी फागुन १ लाई तय गरिएको जानकारी दिए।

उनले पोखरालाई खेलकुद सहरका रूपमा परिचित गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड-१९ को कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए। 

यस संस्करणमा म्याराथनसँगै महिलाको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने उनको भनाइ छ। 

प्रतियोगितामा १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्रछात्रा तथा दृष्टिविहीनको दौड र अपांगता भएका व्यक्तिहरूको ह्विलचियर दौडका इभेन्ट हुनेछन्।

दृष्टिविहीन दौड तथा ह्विलचियर दौड फागुन २२ मा, १० किलोमिटर महिला-पुरुष दौड चैत १४ मा र ५ किलोमिटर छात्रछात्रा दौड वैशाख ४ मा हुने आयोजकले जनाएको छ।

प्रकाशित: Jan 12, 2021| 02:40 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।