शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • 'कोलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता'आज समापन हुँदै, देउवाले सम्बाेधन गर्ने

'कोलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता'आज समापन हुँदै, देउवाले सम्बाेधन गर्ने

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा पुस २२ देखि जारी जिल्लास्तरीय  नाइन ए साइड ‘कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता' आज समापन हुँदैछ। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-४ स्थित पालाँती अङ्गेरी पाखा खेल मैदानमा पुस २२ देखि जारी जिल्लास्तरीय  नाइन ए साइड ‘कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिता' आज समापन हुँदैछ।

पालिकास्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल मेलम्ची नगरपालिका र सुनकोसी गाउँपालिका बीच आज (मंगलबार) दिउँसो १२ बजे हुनेछ।

एक लाख ११ हजार १११ रूपैयाँ पुरस्कार राशिको प्रतियोगिताको समापन  समारोहलाई कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ। 

समापन समारोहमा कांग्रेस केन्द्रीय सदस्य तथा  खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, खेलकुद विभागका केन्द्रीय सदस्य शिव आचार्यलगायत जिल्लाका नेताहरूले समेत सम्बाेधन गर्नेछन्। 

समापन समारोहका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतिसमेत रहेको आयोजक कांग्रेस खेलकुद विभागले जनाएको छ।  

प्रकाशित: Jan 12, 2021| 01:53 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।