सोमबार, चैत २, २०८२

पल्सर स्पोर्टस् अवार्ड आज

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड आज(मंगलबार) दिउँसो साढे ४ बजे हुँदैछ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले गर्ने बजाज पल्सर स्पोर्टस् अवार्ड आज(मंगलबार) दिउँसो साढे ४ बजे हुँदैछ।

National life

सातदोबाटोस्थित करातेको हलमा हुने कार्यक्रमको तयारी पूरा भइसकेको र आयोजक एनएसजेएफले जनाएको हो।

२०५२ सालमा स्थापित एनएसजेएफले २०५३ सालमा पहिलो अवार्ड गरे पनि नियमित रुपमा भने २०६० बाट गर्दै आइरहेको छ। आज आयोजना गरिएको अवार्ड १७ औं संस्करणको अवार्ड हो।

भूकम्पले प्रभावित बनेका कारण २०७२ सालको अवार्ड भने आयोजना हुन सकेको थिएन। पछिल्ला वर्षहरूमा दर्शकहरूको भौतिक उपस्थितिमै अवार्ड हुने गरे पनि यो वर्ष भने भर्चुअलरूपमा गर्ने आयोजकले जनाएको छ।

भर्चुअल कार्यक्रमका लागि करातेको हलमा भर्चुअल स्टेज तयार गरिएको आयोजकले बताएको हो। गत वर्ष झैं यो वर्ष पनि १० विधामा अवार्ड वितरण गरिनेछ।

Laxmi sunrise bank
kumari

जसमा उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ दि इयर छन्।

त्यस्तै अघिल्लो वर्षबाट सुरु गरिएको इन्टरनेसनल एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड यो वर्ष पनि प्रदान गरिने आयाेजकले बताएको छ।

‘प्रतियोगिताका चार विधा वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकसहित चार विधाका विजेतालाई पल्सर मोटरसाइकल प्रदान गरिने छ,’ आयाेजकले कार्यक्रमको मिति सार्वजनिक कार्यक्रममा विज्ञप्तिमार्फत् बताएको थियो, ‘अन्य विधाका विजेतालाई जनही ५० हजार रूपैयाँसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।’

अघिल्लो वर्षको अवार्डमा पुरुषतर्फ युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव, प्रशिक्षकमा प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए।

त्यस्तै स्पेसल अवार्ड फुटबलका रोहित चन्दलाई प्रदान गरिएको थियो भने पारा एथलिट अवार्ड मनकेसी चाैधरी र लाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायालाई प्रदान गरिएको थियो।

यो वर्षको खेलाडी छनोटका लागि मञ्चको सचिव गोविन्द रेग्मीको संयोजकत्वमा समिति गठन गरिएको छ।

प्रकाशित: Jan 12, 2021| 01:20 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।