शुक्रबार, असोज २, २०८३

मोबाइल सेवा प्रतिस्पर्धामा कसको बजार कति?

स्मार्ट र एनसेल पूर्ण रुपमा निजी स्वामित्वका कम्पनी हुन् भने दूरसञ्चार कम्पनी सरकारी स्वामित्वमा रहेर मोबाइल सेवा दिइरहेको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– नेपाली बजारमा तीन वटा मोबाइल सेवा प्रदायक कम्पनी अस्तित्वमा छन्– नेपाल दूरसञ्चार कम्पनी, एनसेल र स्मार्ट टेलिकम। 

स्मार्ट र एनसेल पूर्ण रुपमा निजी स्वामित्वका कम्पनी हुन् भने दूरसञ्चार कम्पनी सरकारी स्वामित्वमा रहेर मोबाइल सेवा दिइरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै तीन वटै कम्पनीको बजार हिस्सा सार्वजनिक गरेको छ। 

कात्तिकसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी ग्राहक नेपाल दूर सञ्चार कम्पनी (एनटीसी) का छन्। 

एनटीसीका मोबाइल सेवा लिइरहेका ग्राहकको संख्या एक कराडढ ८२ लाख आठ हजार ३६२ छ। 

प्रतिवेदनअनुसार एनटीसीको बजार हिस्सा कुल बजारको ५३.६५ प्रतिशत छ।

एनसेलको बजार हिस्सा ४०.५३ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार कात्तिकसम्म एनसेलका ग्राहक एक करोड ५५ लाख ९२ हजार २६४ जना छन्।

यस्तै स्मार्ट टेलिकमको २२ लाख ३५ हजार २०१ प्रयोगकर्ता छन्। स्मार्ट टेलिकमको उक्त संख्या मोबाइल बजारको कुल ५.८१ प्रतिशत हो। 

विगतमा केही समय राम्रै बजार लिएका यूटीएल, स्याटेलाइट टेलिकम लगायत करिबकरिब बन्द अवस्थामा छन्।

प्रकाशित: Jan 11, 2021| 13:02 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्