शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ब्रोकर कम्पनीले पनि नाफाको एक प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने

ब्रोकर कम्पनीले पनि नाफाको एक प्रतिशत सामाजिक काममा खर्च गर्नुपर्ने

ब्रोकर कम्पनीहरुले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य रुपमा खर्च गर्नुपर्ने भएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– ब्रोकर कम्पनीहरुले नाफाको एक प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य रुपमा खर्च गर्नुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले सोमबार ब्रोकरहरुलाई निर्देशन जारी गरी धितोपत्र कारोबारबाट कमाइ भएको एक प्रतिशत रकम अनिवार्य सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न निर्देशन दिएको छ। 

धितोपत्र व्यवसाय ७७ वटै जिल्लामा फैलिएको र १० लाखभन्दा बढी लगानीकर्ता हुनुका साथै अनलाइन कारोबार बढिरहेकोले ब्रोकर कम्पनीको सञ्चालन खर्च कम हुँदै गएको भन्दै बोर्डले नाफाको एक प्रतिशत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न निर्देशन दिएको हो।

लगानीकर्ता शिक्षा तथा सचेतनामा विशेष जोड दिनुपर्ने र यसका लागि धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुको सहभागिताको आवश्यकता रहेको बोर्डले जनाएको छ । 

बोर्डले ब्रोकर कम्पनीहरुलाई मात्र नभएर केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था र धितोपत्र व्यापारीहरुले पनि आफ्नो खुद नाफाको १ प्रतिशत सामाजिक उत्तरदायित्व कोषमा अनिवार्य छुट्याउन निर्देशन दिएको छ।

सो कोषमा रहेको रकम विशेष गरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था गरिएको पनि बोर्डले जनाएको छ।

प्रकाशित: Jan 11, 2021| 11:07 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्