शुक्रबार, असोज २, २०८३

बांग्लादेशबाट मल आयात अनिश्चित

बांग्लादेशबाट  सरकार–सरकार (जीटूजी) मार्फत मल आयात अनिश्चित भएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– बांग्लादेशबाट सरकार–सरकार (जीटूजी) मार्फत मल आयात अनिश्चित भएको छ।

यस वर्ष धानमा हाल्न मल अभाव हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले बांग्लादेशी प्रधानमन्त्री सेख हसिनालाई फोन गरी पैंचोमा मल आयात गरिने बताएका थिए। 

पैंचोमा मल ल्याउने प्रक्रिया झन्टझटिलो र ढिलाइ हुने भन्दै नेपाल सरकारले जीटूजी मल आयात गर्न स्वीकृति दिएको थियो। 

मल आयात गर्ने मुख्य सरकारी निकाय कृषि सामग्री कम्पनी लिमिटेडले मल आयात अझै पनि अनिश्चित रहेको जानकारी गराएको छ। 

कम्पनीका प्रबन्ध सञ्चालक नेत्र भण्डारीले जीटूजीमार्फत मल आयात गर्नका नेपालका तर्फबाट सबै प्रक्रिया पूरा भए पनि बांग्लादेशका तर्फबाट ढिलाइ भइरहेको बताए। 

‘मल आयातका लागि हामीले सबै प्रक्रिया पूरा गरिसकेका छौं’, उनले भने, ‘उतैबाट ढिलाइ भइरहेको छ। कहिले आउने भन्ने निश्चित छैन।’

यसअघि सरकारले गत असारमा रासायनिक मल आयातका लागि सैलुङ इन्टरप्राइजेज र होनिको मिल्टपल कम्पनीलाई  ठेक्का दिएको थियो। 

मल आयातमा ढिलाइ गरेपछि दुवै कम्पनीलाई कारबाही गर्दै सरकारले बांग्लादेशबाट जीटूजी मार्फत मल आयात गर्ने तयारी गरेको थियो। 

नेपालबाट मल आयातका लागि एलसी खोल्ने लगायतका काम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ। 

बांग्लादेशका तर्फबाट प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी नआएको कम्पनीका पदाधिकारी बताउँछन्। 

नेपालले बांग्लादेशबाट ५० हजार मेट्रिक टन मल आयात गर्न प्रक्रिया अगाडि बढाएको हो।
 

प्रकाशित: Jan 11, 2021| 11:08 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्