शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिना अध्ययन कृषिमा विदेशी लगानी नभित्र्याउन निजी क्षेत्रको आग्रह

बिना अध्ययन कृषिमा विदेशी लगानी नभित्र्याउन निजी क्षेत्रको आग्रह

निजी क्षेत्रले विस्तृत अध्ययनबिना कृषिमा विदेशी लगानीको निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरेको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- निजी क्षेत्रले विस्तृत अध्ययनबिना कृषिमा विदेशी लगानीको निर्णय कार्यान्वयन नगर्न सरकारसँग आग्रह गरेको छ।

सोमबार निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गरी उच्चतम प्रविधि भित्र्याउने, स्वदेशी कच्चा पदार्थ उपयोग गर्ने र अधिकांश हिस्सा निर्यात गर्न सक्ने सम्भाव्यताको विस्तृत अध्ययनपछि मात्र कृषिमा विदेशी लगानी खुला गर्ने निर्णय कार्यावन्यन गरिनुपर्ने धारणा राखेका हुन्। 

विज्ञप्तिमा भनिएको छ, ‘कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा त्यसबाट भित्रिने प्रविधि, यसले उपयोग गर्ने कच्चा पदार्थ र निर्यातको अवस्था हेरेरमात्र निर्णय गर्नु आवश्यक हुन्छ।’

त्यस्तै निजी क्षेत्रले कृषिमा विदेशी लगानी भित्र्याउँदा नेपालमा पूँजी र प्रविधि पनि भित्रिने कुरा नकार्न नसकिने भन्दै आगामी दिनमा निजी क्षेत्रसँग सम्बन्धित हरेक निर्णयहरु छलफलपछि मात्र गरिनुपर्ने पनि विज्ञप्ति मार्फत सरकारलाई आग्रह गरिएको छ। 

सरकारले गत पुस २० गते कृषिमा विदेशी लगानी गर्न सक्ने गरी गरेको निर्णय  राजपत्रमा प्रकाशित गरेको थियो। 
निजी क्षेत्रले २०७५ चैतमा आएको नयाँ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले कृषिमा विदेशी लगानी पूर्णतः बन्देज गरेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ। 

मन्त्रिपरिषद्ले आफूले उत्पादन गरी कम्तीमा ७५ प्रतिशत निकासी गर्ने पशुपंन्छीपालन, माछापालन, मौरीपालन, फलफुल, तरकारी, तेलहन, दलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनसँग सम्बन्धित ठूला उद्योगमा विदेशी लगानी गर्न पाउने निर्णय गरेको थियो। 

प्रकाशित: Jan 11, 2021| 09:40 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्