काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ३.७ अंकले बढेको छ।
झिनो अंकले बढेको परिसूचक २२३९.४२ विन्दुमा पुगेर रोकिएको हो।
आज २०८ कम्पनीको १ करोड ३५ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सेन्सेटिभ इन्डेक्स ०.९६ अंकले बढेर ४२९.३९ विन्दुमा पुगेको छ।
सोमबार बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जिवन बिमा, जीवन बिमा र म्युचुअल फण्ड समूहको सूचकमा हरियाली देखिएको छ।
सबैभन्दा धेरै निर्जिवन बिमा समूहको सेयर १७६.९३ र जीवन बिमा समूहको सेयर १६१.२९ अंकले बढेको छ।
व्यापार, होटल, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको सूचक भने घटेको छ।