शनिबार, असार २७, २०८३

तेस्रो टेस्ट बराबरीमा रोकिँदा भारतलाई फाइदा

अस्ट्रेलिया र भारतबीच जारी टेस्ट सिरिजको तेस्रो खेल बराबरीमा रोकिएपछि भारतलाई केही राहत भएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं – अस्ट्रेलिया र भारतबीच जारी टेस्ट सिरिजको तेस्रो खेल बराबरीमा रोकिएपछि भारतलाई केही राहत भएको छ।

४०७ रनको विशाल लक्ष्य पछ्याएको भरतले पाँचौं दिनमा उत्कृष्ट प्रदर्शन गरे पनि लक्ष्य पूरा गर्न सकेन।

टेस्ट क्रिकेटमा तोकिएको समयसम्म खेल सम्पन्न नभए खेल बराबरीतर्फ मोडिन्छ। भारतले क्रिकेटको यही नियमको फाइदा उठाएको छ।

तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले भेट्टाउन सकेको थिएन्। २४४ रनमै अलआउट भएको भारतले दोस्रो इनिङमा ४०७ रनको लक्ष्य पछ्याएको थियो।

त्यसअघि सम्पन्न तेस्रो इनिङमा भने अस्ट्रेलियाले ३१२ रन बनाएपछि भरतले ४०७ रनको लक्ष्य पाएको थियो।

लक्ष्य पछ्याउने क्रममा उसले पाँच विकेट गिराउँदै ३३५ रन बनाउन सक्यो। यता घरेलु टिम अस्ट्रेलियाका धमाकेदार ब्याट्स्मेन स्टिभ स्मिथ तेस्रो टेस्टमा प्लेयर अफ द म्याच बने।

उनले पहिलो इनिङमा १३१ रन बनाएका थिए भने दोस्रो इनिङमा ८१ रनको योगदान दिएका थिए।

त्यस्तै सिरिजको पहिलो र दोस्रा खेलमा आयोजक अस्ट्रेलिया र भारतले १,१ जित निकालेका छन्। तेस्रो टेस्ट बराबरी भएपछि दुवै टिम सन्तुलित अवस्थामा छन्। यसकारण अब चौथो टेस्टबाट मात्र विजेता टिमको टुंगो लाग्नेछ।

टेस्ट सिरिजअघि सम्पन्न एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको थियो भने टी–२० सिरिज भारतले जितेको थियो।

प्रकाशित: Jan 11, 2021| 09:12 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।