काठमाडौं– सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएको छ।
त्यसै क्रममा विभिन्न क्षेत्रमा ग्राहकलाई विशेष छुट दिने उद्देश्यले बैंक र दरबारमार्गमा अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापश्चात बैंकका ग्राहकहरुले लन्डन पब र मत्सुरी टोकियो रेष्टुरेन्टमा खाना र बेबरेज सुविधाको सनराइज बैंकको के्र्रडिट, डेबिट कार्ड र क्युआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन्।
बैंकले स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ।