शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • पीएम कप : पारस र ज्ञानेन्द्र सम्मिलित बागमतीको हेबिवेट टिम घोषणा

पीएम कप : पारस र ज्ञानेन्द्र सम्मिलित बागमतीको हेबिवेट टिम घोषणा

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेटका लागि बागमती क्रिकेट संघले प्रादेशिक टिमको घोषणा गरेको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय टी-२० क्रिकेटका लागि बागमती क्रिकेट संघले प्रादेशिक टिमको घोषणा गरेको छ।

२५ खेलाडीको टिम घोषणा गर्दै संघले खेलाडीलाई क्लोज क्याम्पमा राख्ने निर्णय गरेको हो।

बागमती प्रदेशको टिममा राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का, वर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहितको हेबिवेट टिम छ।

टिमका अन्य खेलाडीमा पृथु बाँस्कोटा, इसान पाण्डे, अदिल खान, आकाश थापा, विभत्सु थापा, रामनरेश गिरी, नन्दन यादव, गौतम केसी, सुमित झा, एरियो पौडेल, सुवास खत्री छन्।

त्यस्तै राजिन ढकाल, विपिन आचार्य, पवन गोपाल श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, दीपेश श्रेष्ठ, तिलकराज भण्डारी, राजेश रिमाल, संग्रह पौडेल, विशाल फुँयाल, प्रतीक श्रेष्ठ, नवदीप यादव र तक्षक सिम्खडाले बागमतीले टिम पूरा गरेका छन्।

पीएम कपका लागि बागमती अघि गण्डकी प्रदेशले पनि टिम घोषणा गरिसकेको छ। गण्डकी क्रिकेट संघले विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ भने चार वैकल्पिक खेलाडी पनि राखेको छ।

त्यस्तै अन्य प्रदेशहरूको प्रादेशिक छनोट खेल भइरहेका छन्।

पीएम कप टी–२० क्रिकेट आउँदो माघ २ गतेबाट १७ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित: Jan 11, 2021| 06:28 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।