शुक्रबार, असोज २, २०८३

तोलामा आठ सय घट्यो सुनको मूल्य 

सोमबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। आइतबार ९३ हजारमा कारोबार भएको सुनको मूल्य आज ९२ हजार २०० कायम भएको हो। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– सोमबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। आइतबार ९३ हजारमा कारोबार भएको सुनको मूल्य आज ९२ हजार २०० कायम भएको हो। 

आइतबार शुक्रबारको तुलनामा २३ सय रुपैयाँ घटेको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा आठ सय रुपैयाँ ओरालो लागेको छ। 

आइतबार ९२ हजार ५०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९१ हजार ७०० तोकिएको छ। 

चाँदी तोलामा ४० रुपैयाँ घटेर एक हजार २३० मा कारोबार भइरहेको छ। 
 
 

प्रकाशित: Jan 11, 2021| 05:23 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्