सोमबार, चैत २, २०८२

पीएसएलका कुनै टिमले छानेनन् नेपाली खेलाडी

पाकिस्तान सुपर लिग (पीएसएल)को आउँदो संस्करणमा नेपाली खेलाडी सहभागी नहुने भएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- पाकिस्तान सुपर लिग (पीएसएल)को आउँदो संस्करणमा नेपाली खेलाडी सहभागी नहुने भएका छन्।

National life

आइतबार राति सम्पन्न पीएसएलको ड्राफ्टबाट पाकिस्तानी फ्रेन्चाइज क्लबले नेपाली खेलाडी नछानेपछि आउँदो सिजनमा नेपाली खेलाडी सहभागी नहुने भएका हुन्।

ड्राफ्टका लागि नेपालका लेग स्पिनर सन्दीप लामिछानेसहित ९ खेलाडी सहभागी थिए।

पीएसएल ड्राफ्टमा सहभागी खेलाडीमा सन्दीप लामिछाने प्लाटिनम कोटामा थिए भने बाँकी ९ खेलाडी सिल्भर कोटामा थिए। ड्राफ्ट हिजो साँझ पाकिस्तानी सहर कराँचीमा सम्पन्न भएको थियो।

सिल्भर कोटामा पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख पनि सिल्भर कोटामै थिए।
प्लाटिनम कोटाको मूल्य एक लाख ४० हजारदेखि दुई लाख ३० हजार अमेरिकी डलरसम्म छ भने सिल्भर कोटाको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलरसम्म छ।

आउँदो सिजनको पाकिस्तान सुपर लिग फेब्रुअरी २० बाट सुरु हुँदैछ।

प्रतियोगितामा कराँची किंग्ससहित मुल्तान सुल्तान, इस्लामावाद युनाइटेड, लाहोर्स कलन्दर्स, पेशावर जल्मी र क्वेत्ता ग्लाडिएटर्स सहभागी हुनेछन्।

पछिल्लो सिजन कराँचीले उपाधि जितेको थियो।

प्रकाशित: Jan 11, 2021| 03:59 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।