शुक्रबार, असोज २, २०८३

मुक्तिनाथ बैंकले १५ प्रतिशत लाभांश दिने 

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

पोखरा- मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ।

बैंकको शनिबार पोखरामा भएको चौधौं वार्षिक साधारण सभाले १५.५० प्रतिशत (४.२५ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

कार्यक्रममा बैंकका अध्यक्ष भरतराज ढकालले नेपालको बैंकिङ क्षेत्रमा भिन्न अभ्यास गर्दै यो अवस्थामा आइपुगेको बताए। बैंकको पुँजी वृद्धि गर्दै ग्राहकका लागि आधुनिक र आकर्षक सुविधा पस्कन आफूहरु तयार रहेको उनको भनाइ थियो।

बैंकका सञ्चालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले स्याङ्जाबाट सुरु भएर पोखरा हुँदै अहिले देशव्यापी रुपमा सञ्जाल फैलाउन सफल भएको बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराए। कार्यक्रममा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखे।

कोरोना महामारीको विषम परिस्थितिमा बैंकले भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागी गराएको थियो। साधारणसभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आव २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे।

प्रतिवेदनमाथि प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो।

प्रकाशित: Jan 10, 2021| 12:03 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्