शनिबार, असार २७, २०८३

तेस्रो टेस्टमा अष्ट्रेलिया जित नजिक

अष्ट्रेलिया–इन्डिया टेस्ट सिरिजको तेस्रो खेलमा आयोजक अष्ट्रेलिया जितनजिक पुगेको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– अष्ट्रेलिया–इन्डिया टेस्ट सिरिजको तेस्रो खेलमा आयोजक अष्ट्रेलिया जितनजिक पुगेको छ।

सिड्नीमा गत जनवरी सातबाट सुरु भएको खेलको चौथो दिनको खेल सकिँदा इन्डियाले ४०७ रनको लक्ष्य पछ्याइरहेको छ।

आज (आइतबार)को खेल सकिँदा इन्डियाले दुई विकेट गुमाएर ९८ रन बनाएको छ। अब उसलाई जितका लागि ३०९ रन बाँकी छ।

यसअघि आज नै आयोजकले दुई विकेट गुमाएको अवस्थामा १०३ रनबाट खेल सुरु गरेको थियो। जहाँ उसले सबै विकेट गुमाउँदा ३१२ रन बनायो।

दोस्रो इनिङमा अष्ट्रेलियाका लागि क्यामरुन ग्रिनले सर्वाधिक ८४ रन बनाउँदा स्टिभिन स्मिथले ८१ रन बनाए। त्यस्तै मर्नस अबुस्चेनले ७३ रनको योगदान दिए।

यता इन्डियाका तर्फबाट नवदिप शैनी र रविचन्द्र अश्विनले समान २,२ विकेट गिराउँदा जसप्रित बुमराह र मोहम्मद सिरजले समान १,१ विकेट लिए।

तेस्रो खेलको पहिलो इनिङमा अष्ट्रेलियाले ३३८ रन बनाएको थियो भने इन्डिया २४४ रनमा अलआउट भएको थियो। तेस्रो टेस्ट भोलि(सोमबार) सकिनेछ।

त्यस्तै सिरिजको पहिलो र दोस्रा खेलमा आयोजक अष्ट्रेलिया र इन्डियाले १,१ जित निकालेका छन्।

टेस्ट सिरिजअघि सम्पन्न खेलमा एकदिवसीय सिरिज अष्ट्रेलियाले जितेको थियो भने टी–२० सिरिज इन्डियाले जितेको थियो।
 

प्रकाशित: Jan 10, 2021| 11:54 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।