शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त

मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त

अभिनेत्री मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन्। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

 काठमाडौं– अभिनेत्री मनीषा कोइराला आईएमई लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन्।

आइतबार आयोजित कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल र कोइरालाबीच सम्झौता भएको हो। 

जीवनको महत्त्व र सँगै जोडिएको पुँजीलाई एकीकृत गरी राष्ट्र निर्माणमा टेवा दिइरहेको संस्थासँग जोडिन पाएकोमा खुसी लागेको कोइरालाले प्रतिक्रिया दिएकी छन्। 

कोइरालाको आबद्धताले जीवन बिमाको बारेमा ग्राहकको विश्वास लिन सघाउ पुर्‍याउने सीईओ फुँयालले बताए। 

आइएमईले आजैबाट लागू हुने गरी ‘च्याटबुट’ प्रणालीको पनि सुरुआत गरेको छ। यसमार्फत ग्राहकले कम्पनीको सेवाको बारेमा जानकारी लिन सक्नेछन्। 


 

प्रकाशित: Jan 10, 2021| 11:07 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्