शुक्रबार, असोज २, २०८३

४१ अंकले बढेर २२३५ मा पुग्यो नेप्से 

आइतबार सेयर बजार परिसूचक (नेप्से) ४१.२४ अंकले बढेको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ४१.२४ अंकले बढेको छ। 

२२०१.३८ बाट सुरु भएको बजार बढेर २२३५.७२ अंकमा पुगेर रोकिएको हो। 

आइतबार सेन्सेटिभ इन्डेक्स ७.२१ अंकले उकालो लागेर ४२८.४३ मा पुगेको छ। 

आज २०७ कम्पनीको १ करोड ५० लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज जीवन बिमा कम्पनी बाहेक सबै समूहमा हरियाली छाएको छ। जीवन बिमा समूह भने १७.१६ अंकले घटेको छ। 

आइतबार प्रभु लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। त्यस्तै निर्धन उत्थान लघुवित्तका लगानीकर्ताले बढी गुमाएका छन्। 


 

प्रकाशित: Jan 10, 2021| 09:23 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्