सोमबार, चैत २, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • स्वर्ण जितेपछि पुष्पा भन्छिन्- साग जत्तिकै प्रतिष्ठित खेल जित्दा खुसी छु

स्वर्ण जितेपछि पुष्पा भन्छिन्- साग जत्तिकै प्रतिष्ठित खेल जित्दा खुसी छु

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी नेपाली म्याराथन धावक पुष्पा भण्डारीले दक्षिण एसियली म्याराथनतर्फ स्वर्ण जितेकी छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी नेपाली म्याराथन धावक पुष्पा भण्डारीले दक्षिण एसियली म्याराथनतर्फ स्वर्ण जितेकी छन्।

National life

जितपछि पुष्पाले नेपाल समयसँग भनिन्, ‘पछिल्लो सागमा रजत जितेको थिएँ। तर साग जत्तिकै प्रतिष्ठत प्रतियोगितामा स्वर्ण जित्न पाउँदा धेरै नै खुसी लागेको छ।’

त्यस्तै उनले आफ्नो जितका लागि गुरु धनीराम चौधरीलाई धन्यवाद दिँदै भनिन्, ‘गुरुको लगावले मूल्य पाएको महसुस भएको छ।’
आज आइतबार सम्पन्न प्रतियोगितामा उनले भातरतीय धाविकालाई हराउँदै स्वर्ण जितेकी हुन्।

पुष्पाले म्याराथन दौड २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा पूरा गर्दा भारतीय खेलाडी ६ मिनेटले पछि परिन्। 

भारतीय खेलाडीले रजत र काश्य पदक हासिल गरे। दोस्रो हुने भारतीय खेलाडीले ३ घण्टा ५ मिनेटमा दौड पूरा गरेकी थिइन्।

Laxmi sunrise bank
kumari

प्रतियोगितामा सहभागी हुन महिलातर्फ पुष्पा र पुरुषमा किरणसिंह बोगटी गत जनवरी पाँच तारिकमा बंगलादेश गएका थिए।
उनीहरु नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीसमेत हुन्।

प्रकाशित: Jan 10, 2021| 08:12 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।