शनिबार, असार २७, २०८३

नेपालका १० खेलाडी सम्मिलित पीएसएलको ड्राफ्ट आज हुँदै

नेपाली राष्ट्रिय टिमका १० खेलाडी यसै वर्ष हुने पाकिस्तान सुपर लिग(पीएसएल)को ड्राफ्टमा सम्मिलित हुने भएका छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– नेपाली राष्ट्रिय टिमका १० खेलाडी यसै वर्ष हुने पाकिस्तान सुपर लिग(पीएसएल)को ड्राफ्टमा सम्मिलित हुने भएका छन्।

पीएसएलमा भाग लिने खेलाडीमा सन्दीप लामिछाने प्लाटिनम कोटामा छन् भने बाँकी नौ खेलाडी सिल्भर कोटामा छन्। ड्राफ्ट आज साँझ पाकिस्तानी सहर कराँचीमा हुनेछ।

सिल्भर कोटामा पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी छन्। त्यस्तै करण केसी, कुशल मल्ल, पवन सर्राफ, सुवास खकुरेल, अविनास बोहोरा र आशिफ शेख पनि सिल्भर कोटामै छन्।

प्लाटिनम कोटाको मूल्य एक लाख ४० हजारदेखि दुई लाख ३० हजार अमेरिकी डलरसम्म हुनेछ भने सिल्भर कोटाको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलरसम्म हुनेछ।
आउँदो सिजनको पाकिस्तान सुपर लिग फेब्रुअरी २० बाट सुरु हुँदैछ। जसको लागि आज साँझ ड्राफ्टमा विभिन्न टिमले खेलाडीमाथि बोली लगाउने छन्।

प्रतियोगितामा कराँची किंग्ससहित मुल्तान सुल्तान, इस्लामावाद युनाइटेड, लाहोर्स कलन्दर्स, पेशावर जल्मी र क्वेत्ता ग्लाडिएटर्स सहभागी हुनेछन्। पछिल्लो सिजनमा कराँचीले उपाधि जितेको थियो।
 

प्रकाशित: Jan 10, 2021| 07:31 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।