शुक्रबार, असोज २, २०८३

भूमि समस्या समाधानका लागि १९३ पालिकासँग सम्झौता

भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ।   
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमि समस्या समाधानका लागि ४७ जिल्लाका १९३ वटा पालिकासँग सम्झौता गरेको छ।   

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुसहितको बैठकमा मन्त्री तुम्बाहाङ्फेले उक्त जानकारी दिएकी हुन्।

मन्त्री तुम्बाहाङ्फेले बाँकी पालिकाहरुमा सम्झौता गर्ने र काम सुरु गर्ने पनि जानकारी गराएकी छन्। 

अर्थमन्त्री पौडेलले केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरी भूमिसम्बधी समस्यालाई स्थायी रुपमा समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 

मन्त्री डा. तुम्बाहाङ्फेले काम स्थानीय तहमै हुने भएकाले स्थानीय तहको विशेष सक्रियता जरुरी रहेको बताइन्। 

नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जुले समयतालिका बनाएर काम गर्दा बढी प्रभावकारी हुने धारणा व्यक्त गरे। 

गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहमा नै फोकलपर्सन राखेर काम गर्न जरुरी रहेको बताएका थिए। 

प्रकाशित: Jan 10, 2021| 07:31 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्