शनिबार, असार २७, २०८३

क्रिकेटका राष्ट्रिय खेलाडी कुन्दनको २५ वर्षको उमेरमा निधन

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहको २५ वर्षको उमेरमा निधन भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं – राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंहको २५ वर्षको उमेरमा निधन भएको छ।

सिंह एक वर्षदेखि मिर्गौलाको उपचार गराइरहेका थिए। दुवै मिर्गौला फेल भए पनि आर्थिक अभावका कारण परिवर्तन गर्न नसक्दा एक वर्षदेखि डायलासिस हुँदै आएको थियो।

‘कुन्दनको असामयिक निधनले मर्माहत बनाएको छ,’ नेपाल क्रिकेट संघ (क्यान) ले ट्विटरमा लेखेको छ, ‘शोकाकुल परिवारलाई भगवान्ले शक्ति प्रदान गरून्।’

बाल्यावस्थामै बावु गुमाएका कुन्दन आमा अनोज सिंहसँग महोत्तरी, जलेश्वर–९ फुल्हटानमा बस्दै आएका थिए। 

उनको निधनमा महोत्तरी जिल्ला क्रिकेट संघले पनि दुःख व्यक्त गरेको छ। संघले भनेको छ, ‘सम्पूर्ण नेपालीको अथक प्रयास गर्दागर्दै क्रिकेटर कुन्दन सिंह बाँच्न असफल भएका छन्। साथै कुन्दन सिंह बचाउ अभियानमा जोडिएका सबैमा धन्यवाद व्यक्त गर्दर्छौं।’

उनको उपचारमा खर्च जुटाउन विभिन्न ठाउँमा च्यारिटी खेल आयोजना गरिएको थियो। यस्तै सामाजिक संघसंस्था र खेल सम्बद्ध संस्थाले पनि खर्च जुटाउन पहल गरेका थिए। तर पनि अंग प्रत्यारोपणका लागि पर्याप्त भएन।

कुन्दनलाई पछिल्लो समयमा कोरोना संक्रमण पनि भएको थियो। 

उनले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ बाट खेलेका थिए।

प्रकाशित: Jan 10, 2021| 06:02 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।