काठमाडौं- फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को प्रशिक्षक नियुक्त भएका माउरिसियो पोचेतिनोले लिग वानमा पहिलो जित निकालेका छन्।
शनिबार राति सम्पन्न खेलमा उनको टिमले प्रतिस्पर्धी ब्रिस्टविरुद्ध घरेलु मैदानमा ३–० गोलको जित निकालेको हो।
जितका लागि माइसे किन, माउरो एकार्डी र पाबलो सरावियले समान १÷१ गोल गरे। किनले १६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाए।
उनको गोलसँगै पहिलो हाफमा पीएसजी एक गोलले अघि रह्यो। दोस्रो हाफको अन्तिम समयमा पनि पीएजीले गोल गरेको थियो। ८१ औं मिनेटमा इकार्डीले गोल गरे भने सराबियाले ८३औं मिनेटमा गोल गरे।
यससँगै लिगमा जित निकालेको पीएसजी १९ खेलबाट ३९ अंकका साथ दोस्रो स्थानमा छ। यता ब्रिस्ट २६ अंकका साथ ११औं स्थानमा छ।