शनिबार, असार २७, २०८३

हाल्यान्ड चम्किँदा डर्टमन्डसँग लाइप्जिक पराजित

जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले दोस्रो स्थानको लाइप्जिकविरुद्ध सहज जित निकालेको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले दोस्रो स्थानको लाइप्जिकविरुद्ध सहज जित निकालेको छ।

लाइप्जिकको मैदानमा सम्पन्न खेलमा पाहुना टिम डर्टमन्डले ३–१ गोलको जित निकालेको हो।

जितका लागि इर्लिङ ब्रुल हाल्यान्डले दुई गोल गरे भने जाडन साञ्चेले एक गोल गरे। इता लाइप्जिकका अलेक्जेन्ड सारलोथले सान्त्वना गोल फर्काए।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा रोकिएको थियो। तर डर्टमन्डका साञ्चेले ५५ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाए।

उनको गोलपछि खेलको ७१ औं र ८४ औं मिनेटमा हाल्यान्डले दुई गोल गरे। उनको गोलसँगै ३–० को अग्रता बनाएको डर्टमन्डविरुद्ध लाइप्जिकका सरलोथले ८९ औं मिनेटमा गोल गरे। यससँगै खेलको नतिजा ३–१ भयो।

जितका साथ २८ अंक बनाएको डर्टमन्ड शीर्षस्थानबो बायर्नभन्दा पाँच अंक पछि छ भने लाइप्जिक दुई अंक पछि छ। हारका बाबजुद लाइप्जिक दोस्रो स्थानमा छ।
 

प्रकाशित: Jan 10, 2021| 01:14 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।