शनिबार, असार २७, २०८३

आर्सनल र युनाइटेड एफए कपको चौथो चरणमा

न्युकासललाई हराउँदै आर्सनल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- न्युकासललाई हराउँदै आर्सनल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

शनिबार रातिको खेलमा न्युकासललाई २-० गोलले हराउँदै आर्सनलले चौथो चरणमा प्रवेश पाएको हो।

निर्धारित ९० मिनेटसम्म बराबरी भएपछि थपिएको अतिरिक्त समयमा मात्र आर्सनल गोल गर्न सफल भयो।

इमिली स्मिथ रोवले खेलको १०९ मिनेटमा गोल गरे भने कप्तान पियरे इमिरेक अबुमयाङले खेलको ११७ मिनेटमा गोल गर्दै आर्सनललाई जित दिलाए।

यता वाटफोर्डविरुद्ध साँघुरो जित निकाल्दै म्यानचेस्टर युनाइटेड पनि एफए कपको चौथो चरणमा प्रवेश गरेको छ।

वाटफोर्टविरुद्ध जितका लागि युनाइटेडका स्कट म्यान टमीले निर्णायक गोल गरे। टमीले पाँचौ मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो।

त्यस्तै शनिबार रातिको खेलमा लेस्टर सिटी, सेफिल्ड युनाइटेड र बर्नेमाउथले पनि जित निकालेका छन्।

प्रकाशित: Jan 10, 2021| 01:09 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।