शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बराबरीमा रोकिएपछि रियल मड्रिडले गुमायो शीर्षस्थानमा जाने मौका

बराबरीमा रोकिएपछि रियल मड्रिडले गुमायो शीर्षस्थानमा जाने मौका

अंकतालिकाको दोस्रो स्थानमा रहको रियल मड्रिड बराबरीमा रोकिएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– अंकतालिकाको दोस्रो स्थानमा रहको रियल मड्रिड बराबरीमा रोकिएको छ।

ला लिगाको शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिड ओसासुनासँग बराबरीमा रोकिएको हो।

ओसासुनाको मैदानमा रियलले दुई गोल मिस गरेपछि उसले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो। जहाँ फरवार्ड करिम बेञ्जेमाले अफसाइड गरेपछि उनी र कप्तान सर्जियो रामोसले गरेका दुवै गोल अफसाइड भएको थियो।

स्ट्रोम फिलोमेना नामक आँधीका कारण खेल हुने र नहुने दुविधा बढेको भए पनि खेल सम्पन्न भएको छ। यो आँधी स्पेनमा ५० वर्षयताको ठूलो भएको बीबीसीले जनाएको छ।

रियल गएराति अंक बाँडेसँगै उसको खातामा ३७ अंक छ। यता लगातार ११ खेलमा जितविहीन ओसासुना रेलिगेसन जोनमा छ।

त्यस्तै, ला लिगा अन्तर्गत गएराति नै सम्पन्न अर्को खेलमा छैटौं स्थानको सेभियाले पाँचौ स्थानको रियल सोसिडाडलाई ३–२ गोलले हराएको छ।
 

प्रकाशित: Jan 10, 2021| 00:31 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।