सोमबार, चैत २, २०८२

मेस्सी र ग्रिजम्यान चम्किँदा बार्सिलोनाको फराकिलो जित

स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोनाले फराकिलो जित निकालेको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– स्पेनिस ला लिगामा शनिबार राति बार्सिलोनाले फराकिलो जित निकालेको छ।

National life

ग्रनाडाको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध ४–० गोलको फराकिलो जित निकालेको हो।

जितका लागि बार्सिलोनाका एन्टोनी ग्रिजम्यान र कप्तान लियोनेल मेस्सीले समान २,२ गोल गरे।
तर खेलको १२ औं मिनेटमा ग्रिजम्यानले गरेको गोल सुरुमा अपसाइड मानिए पनि ग्रानाडाका खेलाडीबाट डिफ्लेक्सन भएको निर्णयसँगै मान्यता पाएको थियो।

यता कप्तान मेस्सीले ग्रिजम्यानको पासलाई ३५ औं मिनेटमा गोलमा बदले भने पहिलो हाफकै ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

उनको दोस्रो गोलका साथ बार्सिलोना पहिलो हाफमा ३–० गोलले अघि रह्यो। यता मेस्सी ११ गोलका साथ ला लिगाको शीर्ष गोलकर्ता बने।

Laxmi sunrise bank
kumari

डेम्बेलेको पासको सादुपयोग गर्दै ग्रिजम्यानले ६३ औं मिनेटमा गोल गर्दा बार्सिलोनाले ४–० को अग्रता बनायो। 

यता सान्त्वना गोलसमेत गर्न नसकेको ग्रनाडाका जिसस भालेजो ७८ औं मिनेटमा रेड कार्ड खाँदै बाहिरिएपछि भने दुवै तर्फबाट गोल भएन।

गएरातिको जितसँगै बार्सिलोनाले लगातार आठ खेल जितेको छ। यो जितपछि ऊ शीर्षस्थानको एथ्लेटिको मड्रिडभन्दा चार अंकले पछि पर्दै ला लिगाको तेस्रो स्थानमा छ। 

३४ अंक बनाएको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा एक तीन अंक पछि छ।

तर रियल र बार्सिलोनाले समान १८,१८ खेल खेलेका छन् भने एथ्लेटिकोले १५ खेल खेलेको छ।
 

प्रकाशित: Jan 10, 2021| 00:22 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।