शनिबार, असार २७, २०८३

खेलकुदमा आग्रह पूर्वाग्रह नराख्न सिलवालको सुझाव

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम गर्न सुझाव दिएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

पोखरा- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले खेलकुदमा आग्रह पूर्वाग्रह नराखी काम गर्न सुझाव दिएका छन्।

नेपाल तेक्वान्दो संघको शनिबार पोखरामा भएको वार्षिक साधारणसभामा सिलवालले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि बढेको बताए। 

उनले भने, ‘खेलकुद विकासलाई गति दिने हो भने कोही कसैसँग आग्रह वा पूर्वाग्रह राख्न हुँदैन।’ नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै राखेप सदस्य सचिव सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायकसमेत अनुशासन र जिम्मेवारीपूर्वक अघि बढ्न आग्रह गरे। तेक्वान्दोले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साख जोगाइराख्न जुनियर लेभलबाटै रेङकिङ प्रतियोगिता आयोजना गर्न उनले सुझाव दिए। 

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले स्थानीयस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्ने धारणा राख्दै राष्ट्रले खेलकुदबाट चाहेको आंकाक्षा पूरा गर्न खेलकुद रंगशालामा मात्रै नभई घर–घरमा पुग्न आवश्यक रहेको बताए। 

नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले नेपाल तेक्वान्दोको ऊर्जा शक्तिलाई एकीकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि बढ्ने धारणा राख्दै दोलखाको शैलुङमा हाई अल्टिच्युड तेक्वान्दो एकेडेमीको निर्माणको कामलाई अघि बढाउने जानकारीसमेत दिए। 

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशसम्मशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भोजबहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङलगायतले भनाइ राखेका थिए। 

कार्यक्रममा संघलाई १६ लाखभन्दा बढी सहयोग गर्ने सुमेरु गु्रपका अध्यक्ष भरत मर्हजनलाई सम्मान गरिएको छ। संघले यो वर्ष ‘नेसनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी सुशील पाण्डे र समाजसेवी नेहा पोख्रेललाई नगद १५ हजारसहित सम्मान गरेको छ।

प्रकाशित: Jan 09, 2021| 14:05 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।