शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लुम्बिनी उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा विजयी

लुम्बिनी उद्योग वाणिज्य संघको अध्यक्षमा शर्मा विजयी

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

भैरहवा- नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा कृष्णप्रसाद शर्मा विजयी भएका छन्।

शनिबार भैरहवामा सम्पन्न तेस्रो साधरणसभा तथा दोस्रो अधिवेशनबाट सुरेन्द्र श्रेष्ठलाई अत्यधिक मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन्।

शर्मा एसोसियटतर्फ खसेको १०१ मतमा ७८ र जिल्ला नगरतर्फ खसेको ३० मतमध्ये २२ मत प्राप्त गरी विजयी भएका हुन्।

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अन्य पदाधिकारी र सदस्य भने यसअघि नै निर्विरोध रुपमा चयन भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए। दुई उपाध्यक्ष, एक कोषाध्यक्षसहित आठ सदस्यीय समिति निर्विरोध भइसकेको हो।

अध्यक्ष पदका लागि सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शर्मा र बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रेष्ठबीच प्रतिस्पर्धा भएको हो।

प्रकाशित: Jan 09, 2021| 13:10 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्