सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली क्रान्तिकारी होइन कायर हुन्, संसदबाट भाग्ने भगौडा हुन् : थापा

ओली क्रान्तिकारी होइन कायर हुन्, संसदबाट भाग्ने भगौडा हुन् : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर कायर भएको बताएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली क्रान्तिकारी नभएर कायर भएको बताएका छन्।

संसद् विघटनविरुद्ध कपनमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै थापाले ओली संसद् छोडेर भाग्ने भगौडा भएको बताएका हुन्।

‘अहिले प्रधानमनत्रीले युद्ध जितेजस्तो गरिहनुभएको छ। बंसिङ रिङबाट भाग्ने महाबौद्धमा पुगेर गोल्ड मेडल किनेर लाउने अनि म प्रथम भए भन्ने। खेल्नु त भएन नि भन्दा आएको भए त ढाल्दिन्थे भन्ने,’ उनले भने, ‘अहिले उहाँ अदालतलाई प्रभावित बनाउन मसँग ६४ प्रतिशत मत थियो। त्यसैले अर्को सरकार बन्दैन भन्नुहुन्छ। तर पार्टीमा काम गर्न दिइएन भन्नुहुन्छ। त्यसैले प्रधानमन्त्री क्रान्तिकारी होइन कायर हो। संसद् छोडेर भाग्ने भगौडा हो।’

उनले अहिलेको अवस्था आउनुमा प्रधानमन्त्री ओली, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा जिम्मेवार रहेको बताए। राष्ट्रपति भण्डारी सम्मान गर्न योग्य नभएको बताउँदै उनले षड्यन्त्र गर्ने गिरोहसँग मिलेर काम गरेकाले सम्मानको लायक नरहेको बताए। 

उनले संसद् विघटनपछि हामी यहाँ छौं भनेर सडकमा बस्ने नेकपा नेताहरुको समेत आलोचना गरे। ‘संसद् विघटनपछि हामी यहाँ छौं भनेर सडकमा बस्ने नेतााहरु हिजो तमाम समस्या आउँदा कहाँ हुनुहुन्थ्यो ? कोभिडको स्वास्थ्य सामाग्री खरिदमा अनियमितता हुँदा कहाँ हुनुहुन्थ्यो ? संविधान मिच्दा कहाँ हुनुहुन्थ्यो,’ उनले भने, ‘एक जना नेकपाको प्लेन उडाउने आशामा बस्नुभएको थियो। एकजना एमाले–एमाले एक होऔं भनेर बस्नुभएको थियो। अर्को एकजना सर्प पाल्न ७२ करोड लिँदै हुनुहुन्थ्यो।’

उनले ओलीले संविधानमाथि कु गरेको र यसलाई अदालतले सच्चाउनुपर्ने बताए। ‘संसद् पुनस्र्थापना हुन्छ। पुनस्र्थापनापछि ओलीलाई बालकोट पुर्‍याएर दमकको भ्यु टावरमा लगेर दमक हेर्न पठाउने हो। राष्ट्रपतिलाई चपली ल्याउने हो,’ उनले भने। 

प्रधानमन्त्रीकै कारण अहिले मूलुक चीन र भारतको खेल मैदान जस्तो भएको भन्दै थापाले आपत्ति समेत जनाए।

प्रकाशित: Jan 09, 2021| 10:40 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।