सोमबार, चैत २, २०८२

बुन्डेसलिगामा बायर्न पराजित

 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिगलिडर बायर्न पराजित भएको छ।

National life

मोन्छेनग्लाडबाखको घरेलु मैदानमा सम्पन्न खेलमा उसले पाहुना  टिम बायर्नलाई ३–२ गोलले परजित गरेको हो।

ग्लाडबाखको जितका लागि जोनस होफ्म्यानले दुई गोल गरे भने फ्लोरियन नेउहासले एक गोल गरे। यता बायर्नका लागि रोबर्ट लेवान्डोस्की र लियोन गोरेट्जाले समान १–१ गोल गरे।

२० औं मिनेटमै पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पाहुना टिमले अग्रता बनाएको थियो। त्यस्तै २६ औं मिनेटमा गोरेट्जाले गोल गरेपछि बायर्नले अग्रता दोब्बर बनायो।

तर घरेलु टिमका जोनस होफ्म्यानले ३५ औं र ४५ औं मिनेटमा गोल गरेपछि पहिलो हाफमै खेल बराबरी भयो।

Laxmi sunrise bank
kumari

तर दोस्रो हाफको ४९ औं मिनेटमा ग्लाडबाखले अग्रता बनाएपछि भने बायर्नले गोल थप्न सके। ग्लाडबाखका फ्लोरियन नेउहाउसले खेलमा निर्णायक गोल गरेका थिए।

जितसँगै सातौं स्थानमा कामय छ भने बायर्न शर्षस्थानमा कायम छ। ३३ अंक बनाएको बायर्नभन्दा ग्लाडबाख नौ अंकले पछि छ।
 

प्रकाशित: Jan 09, 2021| 02:09 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।