शनिबार, असार २७, २०८३

लिभरपुल एफए कपको चौथो राउन्डमा

एफए कप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लाविरुद्ध सहज जित निकालेको छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– एफए कप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिभरपुलले एस्टोन भिल्लाविरुद्ध सहज जित निकालेको छ।

भिल्लाको मैदान भिल्ला पार्कमा सम्पन्न खेलमा लिभरपुलले ४–१ गोलको जित निकाल्ने क्रममा फरवार्ड साडियो मानेले दोहोरो गोल गरे।

मानेले कर्टिस जोन्सको पासमा खेलको चौथो मिनेटमा गोल गर्दै सुरुवाती अग्रता बनाएका थिए। तर ४१ औं मिनेटमा भिल्लाका लोउइ ब्यारीले गोल गर्दै अग्रता तोडेपछि खेल बराबरी भएको थियो।

तर दोस्रो हाफ लिभरपुलका लागि फलदायी बन्यो। जहाँ ६० औ मिनेटको पाँच मिनेट भित्रमा तीन गोल गर्यो। ६० मिनेटमा जर्जिनियो विज्नाल्दुमले गोल गरे भने ६३ औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गरे।

त्यस्तै, ६५ औं मिनेटमा मोहम्मद सलाहले  गोल गरेपछि लिभरपुल ४–१ गोलले अघि रह्यो। सोही अन्तरको जितसँगै लिभरपुल एफए कपको चौथो रान्डमा प्रवेश गरेको छ।

पराजित भिल्लाको सिनियर टिमको मैदानमा कोरोनाभाइरसको संक्रमण फैलिएकाले उसको पहिलो टिमका कुनै खेलाडी टिममा थिएनन्।

यसकारण उसले यू–२३ का सात खेलाडी र यू–१८ खेलाडीका साथ खेल सुरु गरेको थियो।

एफए कप अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा उल्भसले क्रिस्टल प्यालेससँग १–० गोलको साँघुरो जित निकालेको छ। जिसँगै उल्भसले पनि चौथो राउन्डमा प्रवेश पाएको छ।
 

प्रकाशित: Jan 09, 2021| 01:38 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।