शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ईसेवाबाट भुक्तानी गर्न सकिने 

लक्ष्मी लघुवित्तको बचत तथा ऋणको किस्ता ईसेवाबाट भुक्तानी गर्न सकिने 

 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडका सदस्यहरूले अबदेखि आफ्नो ऋणको किस्ता तथा बचत रकम ईसेवाबाट भुक्तानी गर्न सक्ने भएका छन्। 

ईसेवाले ग्रामिण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटलाइज गर्ने उद्देश्यले लघुवीत्त कम्पनीहरुको भुक्तानीलाई ईंसेवामा आबद्ध गर्दै लगेको छ । 

अनलाइन भुक्तानी सम्बन्धि सम्झौतापत्रमा ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र लक्ष्मी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले हस्ताक्षर गरे।

ईसेवा एकाउन्ट भएका सदस्यहरूले आफ्नो मोबाईलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका सदस्यले नजिकको ईसेवा जोन, पोइन्ट तथा ईसेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन् ।

योसँगै लघुवित्तका सदस्यहरुले ऋणको किस्ता तिर्न नगद बोकेर लघुवित्तको कार्यालय पुग्नुपर्ने समयको बचत हुनुको साथै अन्य खर्चमा समेत कटौती हुनेछ । सुरुको तीन महिना लक्ष्मी लघुवित्तको रकम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन । 
 

प्रकाशित: Jan 08, 2021| 13:59 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्