शुक्रबार, असोज २, २०८३

कुमारी बैंकका नयाँ शाखाको ई–उद्घाटन

 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– कुमारी बैंक लिमिटेडले आफ्ना ९ नयाँ शाखाहरुको औपचारिक उद्घाटन समारोह सम्पन्न गरेको छ। 

उपत्यकाभित्रका सात शाखाहरुः बाफल, नयाँपाटी, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको भौतिक उद्घाटन सम्बन्धित ठाउँबाट भए पनि मोबाइल प्रविधिबाट विद्युुतीय ई–उद्घाटन बैंकको केन्द्रिय कार्यालयबाटै बैंकका संचालक समितिका अध्यक्ष अमिरप्रताप ज.ब.राणाले बैंकका उच्च पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थितिमा गरेका थिए।

यसैगरी बेलबारी शाखा बैंकका संचालक समिति सदस्य महेशप्रसाद पोखरेल तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले संयुक्त रुपमा गरे । 

यसैगरी फिक्कल शाखाको उद्घाटन पनि बैंकका संचालक समिति सदस्य महेशप्रसाद पोखरेल तथा सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले संयुक्त रुपमा गरेका छन्।
 

प्रकाशित: Jan 08, 2021| 13:51 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्