काठमाडौं– सनराइज बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभा आज शुक्रबार बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ।
उक्त साधारणसभाले बैंकको चुक्ता पूँजीको ५.८० प्रतिशतका दरले हुने रु. ५२ करोड ०१ लाख ३३ हजार रुपैयाँबराबरको बोनस शेयर तथा चुक्ता पूँजीको २.४८ प्रशितदरले हुने नगद लाभांश रु. २२ करोड २४ लाख रुपैयाँ वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।
०६४ साल असोजमा स्थापना भएको बैंकको हाल चुक्ता पूँजी रु. ८ अर्ब ९६ करोड छ। साधारणसभाबाट पारित बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजीमा वृद्धि भई रु. ९ अर्ब ४८ करोड पुग्नेछ।