सोमबार, चैत २, २०८२

पुरुष पीएम कप क्रिकेटको तालिका सार्वजनिक

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी माघ २ गतेबाट खेल सुरु हुनेगरी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी माघ २ गतेबाट खेल सुरु हुनेगरी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक गरेको छ।

National life

क्यानले आज (शुक्रबार) एक सूचना जारी गर्दै प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो।

दश टोलीको सहभागिता रहने प्रतियोगितामा क्यानले दुई समूहमा बाँडेर प्रतियोगिता गराउने छ। जहाँ समूह ए मा त्रिभूवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश एक र कर्णाली प्रदेश छन्।

समूह बीतर्फ नेपाल पुलिस, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश १ र सुदूरपश्चिम छन्। माघ २ गतेबाट हुने प्रतियोगिता त्रिभुवन विश्वविद्यालयको मैदान र हुनेछ।

प्रतियोगिताका १४ खेल त्रिवि मैदानमा हुनेछन् भने बाँकी ९ खेल मुलपानी मैदानमा हुनेछन्। प्रतियोगिताको फाइनल खेल आगामी माघ १७ गते हुनेछ।

Laxmi sunrise bank
kumari

क्यानले जारी गरेको तालिकाअनुसार माघ ४ गतेबाट १२ गतेसम्म हरेक दिन २ वटा खेल हुनेछन्।

प्रतियोगितामा माघ १३ गते र १६ गते (दुई दिन) ब्रेक राखिएको छ। सेमिफाइनल र फाइनलका सबै खेल त्रिवि मैदानमा हुने क्यानले जनाएको छ।

प्रकाशित: Jan 08, 2021| 12:35 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।