शुक्रबार, असोज २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दारुवाला

स्ट्यान्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दारुवाला

 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालकोे अध्यक्षमा जरिन दारुवाला नियुक्त भएकी छन्। 

उनलाई बैंकले २५ पुसदेखि लागू हुनेगरी अध्यक्षमा नियुक्त गरेको हो। 

शुक्रबार सम्पन्न बैंकको ३४ औँ वार्षिक साधारणसभाले उनलाई अध्यक्ष नियुक्त गरेको हो। 

अध्यक्ष जितेन्दर अरोराको कार्यकाल सकिएपछि उनी नयाँ अध्यक्षमा नियुक्त भएकी हुन्। 

दारुवाला स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डियाको प्रमुख कार्यकारी अधिकृतसमेत भइसकेकी छन्। बैंकिङ क्षेत्रमा उनको ३१ वर्षको अनुभव छ। 

उनले भारतको आईसीआईसीआई बैंकबाट करियर सुरु गरेकी थिइन्।
 

प्रकाशित: Jan 08, 2021| 11:00 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्