काठमाडौं– आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन्।
कोइरालाको सहकार्यले कम्पनीेको प्रबर्द्घन गर्न थप सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बताए। साथै श्रेष्ठले नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेको व्यक्तिलाई ब्रान्ड अम्बासडर नियुक्त गर्न पाउनु खुशीको बिषय भएको बताए।
कार्यक्रममा नायिका कोइरालाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड अम्बासडर भएर काम गर्न पाउँदा आफूलाई खुशी लगेको र कम्पनीको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्।