काठमाडौं– डिशहोम नेटवर्कमा पुस २५ गते शनिबारदेखि हलिउड चलचित्र फ्लाइट १९२ प्रसारण हुने भएको छ।
डिशहोमको च्यानल नम्बर–१०२ रियालिटी टिभीमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो। डिशहोममा अबदेखि हरेक शनिबार अपराह्न २ बजे रियालिटी टिभीमा हलिउड चलचित्र प्रशारण हुने डिशहोम व्यवस्थापनले जनाएको छ।
रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराइएको छ। नेपाली टेलिभिजनमा पहिलोपटक ‘पे पर भ्यू’ (हेरेको आधारमा पैसा) हलिउड तथा बलिउड चलचित्र हेर्न सकिने सुविधा डिशहोमले ल्याएको हो।