सोमबार, चैत २, २०८२

ग्रासरुटका कार्यक्रमका लागि एन्फाले माग्यो लाेगो

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरिरहेको ग्रासरुट कार्यक्रमका लागि लोगो डिजाइनको प्रतियोगिता सुरु भएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले सञ्चालन गरिरहेको ग्रासरुट कार्यक्रमका लागि लोगो डिजाइनको प्रतियोगिता सुरु भएको छ। एन्फाले विजयी लागोको लागि २५ हजार नगद पुरस्कारसहित प्रतियोगिता सुरु गरेको हो।

National life

प्रतियोगितामा भाग लिन प्रतियोगीले पठाएको लोगो अन्य लोगोसँग मेल नखाने हुनुपर्ने एन्फाले बताएको छ। त्यस्तै नेपाल र ग्रासरुटको सचित्र बयान गरेको लोगो हुनुपर्ने सर्त पनि राखेको छ।

विजयी लोगोलाई एन्फाले ग्रासरुटको सबै कार्यक्रममा प्रयोग गर्ने बताएको छ। त्यस्तै लोगोमा कपिराइट कन्टेन्ट राख्न पाइने छैन भने चार रंगभन्दा धेरै रंग प्रयोग गर्न नपाइने एन्फाको सर्त छ।

एन्फाले उच्च रिजोलुसनको लोगो जनवरी अन्तिमसम्म बुझाउनका माग गरेको छ। सन् २०१६ बाट एसियाली फुटबल महासंघ(एएफसी)ले सुरु गरेको ग्रासरुट कार्यक्रम अन्तर्गत नेपालले गत अक्टोबरमा ब्रोन्ज लेभलको स्दस्यता प्राप्त गरेको थियो।
 

प्रकाशित: Jan 08, 2021| 09:08 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।